बुधबार आशा भोस्ले नेपाल आउने

बुधबार आशा भोस्ले नेपाल आउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतका प्रशिद्ध कलाकार तथा यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है जस्ता चर्चित नेपाली गितका गायिका  आशा भोस्ले बुधबार नेपाल आउँदैछिन् ।

साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा आउन लागेकी गायिका आशाले झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यैलगायतका नेपाली गित पनि गाएर गितसङ्गीतमा ठूलो योगदान दिएकी छन् ।

असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने साधना कला केन्द्रले जनाएकाे छ ।

Logo