काठमाडौं ।
मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ मा मल्टिमिडिया अवार्ड जितेकी छिन् । मल्टिमिडिया अवार्ड जितेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक र शुभेच्छकलाई धन्यवाद दिएकी छिन् ।
लण्डनमा भइरहेको मिस वर्ल्ड प्रतियोगितामा अनुष्का शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी छिन् । अब हुने फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने उनले बताइन् । ६९ औँ‘ मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनाले भोली शनिबार लण्डनको एक्सेलमा हुनेछ ।
गतवर्ष नेपालकै श्रृखंला खतिवडाले पनि यो अवार्ड जितेकी थिइन् ।































प्रतिक्रिया