काठमाडौं, २०७६ मंसिर २२ ।
‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्बुले जितेका छन् । शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन् ।
अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद, डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर पाएका छन् । गत शुक्रबार राति सम्पन्न सेमीफाइनलमा ८ जनाको प्रतिष्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनल चरणमा प्रवेश गरेका थिए ।
प्रमोद खरेलको टीममा रहेका लिम्बूले उपाधि हात पारेका हुन् । उनको प्रतिस्पर्धामा राजु लामाको टिमबाट शनिस श्रेष्ठ, आस्था राउतको टिमबाट आरिफ र टिम दीप श्रेष्ठको टिमबाट विकास लिम्बु फाइनलमा प्रवेश गरेका थिए। उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा लिम्बु विजेता बनेका हुन्।
‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रशारण साउन ३१ गतेबाट हिमालय टीभीमा प्रसारण हुँदै आएको थियो । सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारीले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया