ऋचा शर्मा बाँधिइन् विवाह बन्धनमा

ऋचा शर्मा बाँधिइन् विवाह बन्धनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अभिनेत्री ऋचा शर्माले विवाह गरेकी छन् ।  प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् ।

दिपेक्ष क्यूएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लबिम मलका जनरल म्यानेजर हुन् । दुई वर्षयता ऋचा र दिपेक्ष प्रेम सम्बन्धमा थिए ।  दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले विवाहमा परिणत गरेका हुन् । उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको छ ।

व्यक्तिगत कुरा वाहिर ल्याउन कमै रुचाउने ऋचाले तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन् ।, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरूको अथाह माया अनि आशीर्वाद सदैव यसरी नै मिलोस् ।’ तस्वीरमा दुवैजना निकै खुशी देखिन्छन् ।

उनको विवाहको यो तस्वीर सेयर गर्दै विभिन्न कलाकारहरुले उनलाई बधाई दिइरहेका छन् । वैवाहिक जीवनमा बाँधिनुभन्दा अगाडि फिल्म ‘हिजो आजका कुरा’ को छायांकन भ्याएकी ऋचा अहिले कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् ।

Skip This
Skip This
Logo