काठमाडौं,
चर्चित लोक गायक भोजराज काफ्ले पछिल्ला दिनहरुमा समसामयिक विषयवस्तु समेट्दै लोकलयका गितहरु श्रोता र दर्शक माझ ल्याउन खप्पिस छन् ।
नेपाली लोकदोहोरी क्षेत्रका एउटा चम्किला ताराको रुपमा रहेका काफ्ले लोकगितलाई नै आफ्नो प्राण ठान्छन् । भन्छन् , “म लोकगित गाउनकै लागि जन्मिएको हुँ जस्तो लाग्छ ।”
लोकगितकै निरन्तरता स्वरुप उनको पछिल्लो गित सार्वजनिक भएको छ । फूलबारी म्युजिक मार्फत सार्वजनिक गित राष्ट्रियताले ओतप्रोत छ । जनताको आँशु प्रस्तुत एल्बममा काफ्लेले भनेका छन् ,- छिमेकीले मलाई छुने आँटै नगरोस् , हाँसी रहुन् मेरा सन्तान रुन नपरोस् ।
यो मार्मिक सन्देशमुलक गितमा उनले एउटा देशभक्ती छोराको खोजी गरेका छन् । यस गितमा शब्द, स्वर र संगित भोजराज काफ्लेकै छ भने सम्पादन दिनेश काफ्लेले गरेका छन् । क्यामेरामा रमेश दर्लामीले साथ दिएका छन् । निर्देशन पनि भोजराजले नै गरेका छन् । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया