आशा लामाको चुरा पोते सार्वजनिक (भिडियो सहित)

आशा लामाको चुरा पोते सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
विगत लामो समयदेखि नेपाली सांगितक क्षेत्रमा सक्रिय गायिका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो चुरा पोते सार्वजनिक भएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिबिहिन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डि.ए.आर साँस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगितकार दिपक जंगमले गीत विमोचन गर्नु भएको हो ।

पत्रकार एवं अधिवक्ता स्वागत नेपालको शब्द, चन्द्र प्रसाद सिवाकोटीको संगीत रहेको गितको म्युजिक भिडियोमा एरेन्ज तथा रेर्क्डिङ फिरोज बज्रार्चायले गरेका छन् भने ज्योती स्टुडियोमा गीत रेर्कड गरिएको हो ।

जय चन्द्रकुमार लामा र गायिका स्वयंको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन प्रभावन जे को रहेको छ । जय चन्द्रकुमार लामाको प्रस्तुति रहेको म्युजिक भिडियोको सम्पादन, सह निर्देशन नविन भट्ट, क्यामेरा सागर गौतम, कला राजाराम गौतम, व्यवस्थापन विवेक चौलागाईको रहेको छ । हेरौं गितको भिडियो :

Logo