काठमाडौं,
ईश्वर मागिया एउटा युवा गायकको नाम हो । नेपाली सांगितिक फाँटमा करिव एकदशकदेखि उनी सक्रिय छन् । यसै दौरानमा उनले एकदर्जन भन्दा धेरै गितहरु बजारमा ल्याएका छन् ।
गितसंगितमा मौलिकपन हुनु पर्छ भन्छन् ईश्वर । यस्तो भयो भने मात्र त्यो दर्शक र श्रोताको प्रिय हुने उनको निश्कर्ष छ ।
आफू भने अरुको भन्दा भिन्न शैलीका गित गाउँन र संगित भर्न खप्पिस छन् उनी । हिजोआज चलनचल्तीका गितहरुमा पनि उत्तिकै समय दिने गरेको उनले बताए । प्रायजसो डान्सिङ मोडलका गितहरु मागियाको छनौटमा पर्ने गरेका छन् । यसै क्रममा उनले भर्खरै मात्र यस्तै प्रकारको गित बजारमा ल्याएका छन् ।
भिमफेदी गाइज मार्फत बजारमा आएको नयाँ गितको एल्बम छ , हङ्गामा । गित छोटो छ तर निकै रमाइलो पनि छ । यसमा लय, स्वर मात्र होइन संगित पनि गायक स्वयंको रहेको छ । क्यामेरा पवन सुस्लिङ्गको रहेको छ भने यसमा निर्देशन निर्मल कुमार लामाको रहेको छ ।
घुम्न जाउँ मोटरमा तिमी र म बोलको प्रस्तुत गितले नेवारी संस्कृतिको झल्को बचाएको छ भने निकै मौलिकपन पनि देख्न पाइन्छ । हेरौं गितको म्युजिक भिडियो ।





























प्रतिक्रिया