काठमाडौं,
दशैं तिहार जस्ता चार्डपर्वमा विशेषगरि घर आउन नपाएका र नसकेका अनि विदेशमा रहेका दाजुभाई दिदी बहिनीहरुका पीडा समेटेर गित गाउने चलन वढ्दो छ । अहिले हाम्रो ठूलो चार्ड दशैं सकिएको भएपनि रमाइलो चार्ड तिहार भने नजिकिदैंछ । यसै सन्दर्भमा तिहार लक्षित गीतहरु पनि बजारमा आउन थालेका छन् ।
यसैबिच यतिबेला बजारमा महेश नेपालको शब्द संकलनमा “मखमली माला लाउनलाई” बोलको तिहार गीत सार्बजनिक भएको छ । गीतमा लय भुवन चौलागाईको रहेको छ ।
प्रदिप रोका, बिनोद नेपाल र रिता अधिकारीले गितमा स्वर दिएका छन् । गीतको म्युजीक भिडियो मिलन फिल्मस्ले उत्पादन गरि सार्बजनिक गरेको छ । भिडीयोमा अभिनय रिता अधिकारी र बिनोद नेपालले गरेका छन् । उक्त भिडियोलाई निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन् । गितको सम्पादन मनोज कार्की र छायांकन हरिश महराको रहेको छ। हेरौं भिडियोमा :





























प्रतिक्रिया