एजेन्सी । बउिउड नायक सैफअली खान अहिले नयाँ चलचित्रको प्रमोशनमा छन् । उनै, सैफकी छोरी साराअली खान अहिले स्टार बनिसकेकी छिन् । सारा बलिउडकी अहिलेकी सर्वाधिक डिमाण्डेड नायिका बन्दै गएकी छन् ।
सारा अली खान र कार्तिक आर्यनको सम्बन्धलाई सैफअलीले स्वीकार गरेका छन् । उनले कार्तिक राम्रो केटो भएको र उनीमाथि पूर्ण भरोस रहेको बताए । उनले भने, ‘अहिलेको लागि उनीहरुको रोमान्स बन्द देखिन्छ । तर, जोडी फर्किने कुरामा म पक्का छु ।’ छोरीको च्वाइस आफ्नो पनि च्वास भएको सैफअलीको भनाई छ ।
सैफका अनुसार उनी कहिले पनि नामको पछाडि लाग्दैनन् । ‘नामदेखि टाढा नै रहन चाहन्छु । मलाई चर्चित भएको खासै मन पर्दैन ।’ सैफ अगाडि भन्छ–‘मलाई चर्चा र नामले हैरान बनाउँछ किनकी, यसले यो शहरमा घुम्नका लागि रोक लगाउँछ ।’
सारालाई अहिले मिडियाले खुबै पछ्याएका छन् । सारा पनि मिडिया क्रेजी बनिरहेकी छिन् । यो कुरा सैफलाई खासै मन परेको छैन । सैफले आफू सिक्न चाहने भन्दै अहिले पनि अभिनय र जीवनको बारेमा सिकिरहेको बताए ।





























प्रतिक्रिया