एजेन्सी । बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले फिल्म उद्योगमा चर्चित छिन् । उनी अभिनय भन्दा पनि निर्देशनमा बढी व्यस्त छिन् । उनी यतिबेला एक सिरियल निर्देशन गरिरहेकी छिन् । यसका अलावा उनी मोडलिङ पनि गर्छिन् ।

इरा सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । हालै इराले एक फोटोशूट गराएकी छिन् । उक्त तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा उनी खुबै बोल्ड देखिएकी छिन् । यो तस्वीरलाई लिएर भारतीय मिडियाले बलिउडका नायिकाहरुसँग तुलना गरेका छन् ।

फोटोमा इराले डार्क मेकअपका साथ रातो ड्रेस लाएकी छिन् । तस्वीर शेयर गर्दै उनले लेखेकी छिन्, सटर्डे नाइट भाइब । इरालाई अभिनय खासै मन पर्दैन । उनले फिल्म मेकिङलाई नै आफ्नो करिअर बनाउने निर्णय गरेकी छिन् । यसभन्दा पहिले इराले आफ्नो नाटक निर्माता सारिकासँग तस्वीर शेयर गरेकी थिइन् ।





























प्रतिक्रिया