सत्यराज आचार्यको ‘नलाएको माया’ सार्वजनिक (भिडियोमा)

सत्यराज आचार्यको ‘नलाएको माया’ सार्वजनिक (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुविद गुरागाईको गजल एल्बम ‘नलाएको माया’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गजल एल्बम ‘नलाएको माया’ लोकार्पण गरिएको हो ।

माता परिवारको निर्माणमा तयार पारिएको सो गजल एल्बम माता इन्द्रमाया पौडेल, अग्रज गजलकार बुद्ध राना, अग्रज गीतकार तथा कवि दिनेश अधिकारी, गजलकार रवि प्राञ्जल, राष्ट्रियसभा सदस्य विमला पौडेलले लोकापर्ण गरे ।

कार्यक्रममा वरिष्ठ गायक उदय सोताङ, गायक–गायिकाहरू सञ्जीव धिमाल, निरा रानाभाट, बबिना भट्टराई, अस्मिता अधिकारीलगायतले गुरागाईका शब्दहरूमा प्रत्यक्ष गायन प्रस्तुत गरेका थिए ।

सोही अवसरमा ‘नलाएको माया’ बोलको गजलमा चर्चित निर्देशक निकेश खड्काको निर्देशनमा तयार पारिएको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । गायक सत्यराज आचार्यको स्वर रहेको सो म्युजिक भिडियोमा सत्यराजसँगै लक्ष्मी बर्देबा र जोर्डन राजभण्डारीको अभिनय रहेको छ ।

Logo