नायिका खड्काले किन भेटिन् प्रधानमन्त्री ?

नायिका खड्काले किन भेटिन् प्रधानमन्त्री ?

केन्द्रबिन्दु
0
Shares

नायिका स्वेता खड्काले गत म‌ंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् । भेटमा खड्काले सिन्धुपाल्चोकमा निर्माणाधीन एकीकृत नमुना बस्तीका विषयमा प्रम ओलीलाई जानकारी गराइन् ।

स्वेताले प्रमसँग भेटेपछि आफू प्रधानमन्त्रीकाे सकारात्मक सोच एवं दृढ इच्छाशक्तिबाट प्रभावित भएको बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिरसमेत पोस्ट गर्दै लेखेकी छिन्, ‘प्रधानमन्त्रीज्यूबाट प्राप्त हौसला र उत्साहरूपी ऊर्जाका शब्दहरूले ममा जाँगर थपिदिएको छ ।’

साथै स्वेताले ५३ घर माझीको सुन्दर बस्ती तयार पार्न सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गरेकी छिन् । उनले आह्वान गर्दै भनेकी छिन्- ‘राजनीतिक द्वेष र अतिवादी सोचलाई पैतालामुनि कुल्चिएर सामाजिक विकासको पाटोमा हामी सबैले साझा पाइला चाल्ने कि ?’

स्वेताकाे स्टाटस-

 

Skip This
Skip This
Logo