आगलागीपछि राजेश पायल राईको घरमा पुग्दा (भिडियो सहित)

आगलागीपछि राजेश पायल राईको घरमा पुग्दा (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

लोकप्रिय गायक राजेश पायल राईको शान्तिनगरस्थित घरमा सोमबार साँझ आगलागी भएको छ । इलेक्ट्रिक सर्ट भएर आगलागी भएको हो । आगलागीबाट विभिन्न अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । स्थानीय र प्रहरीले आगो निभाएका थिए ।

साङ्गीतिक कार्यक्रमका लागि राजेश अहिले युकेमा रहेका छन् । गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन् । म पिडामा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा, पीडा हैन । मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी, दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन । अवार्ड जले होलान् तर तपाईंहरुले दिएको आशिर्वाद, माया , सुझाव नजलोस् । म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे, आगलागीपछि उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

राजेशका कान्छो भाइ नविन राईले आगलागीबाट बैठक कोठामा धेरै क्षति भएको जानकारी दिए । राउटर र टिभीको स्विच जोड्ने मल्टिप्लगमा सर्ट भएर आगलागी भएको हुन सक्ने उनले अनुमान गरेका छन् ।

थप भिडियोमा

Logo