काठमाडौं,
लोकदोहोरी गायिका गोमा कोईरालाले नेपालीहरुको महान चार्ड दशैं मा गरिबीका कारण भोग्नु परेको पीडालाई समेटेर ‘आयो दशैं गरिबलाई रुवाउन’ गाएकी छिन् ।
दशैंलाई लक्षित गरि गायिका गोमाले शम्भु नेपालसँग मिलेर गरिबको पिडालाई समेटी ‘आयो दशैँ गरिबलाई रुवाउन’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् । महान चार्ड दशैमा समेत गरिबीका कारण दशै मनाउन नसकिएको र अरु दशैको रमझममा रमाउँदा आफ्ना परिवार भने अभावमा रहनुपर्दाको खिन्नताको भाव समेटेर तयार गीतमा गोमालाई पुराना लोकदोहोरी गायक घमेश दुलालले स्वरमा साथ दिएका छन् ।
बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने असंख्य नेपालीहरुको कथालाई गीतमा समाबेश गरिएको बताउने गाियका गोमा हुँदा खानेहरुका लागि दशैं दशा बनेर आएको कथनलाई गीतमा उजागर गरिएको बताउँछिन् । ‘आयो दशैं गरिबलाई रुवाउन’ बोलको गीतमा शम्भु नेपालको लय तथा शब्दमा तयार गितको म्युजिक भिडियो मनोज खड्काले निर्देशन गरेका छन् । राज तामाङ्ग, प्रिती तामाङ्ग, रामशरण ढकाल, साजन बलामी, शितल राना मगर र आदित्य चापागाईंको अभिनय रहेको छ । भिडियोका छायाँकन रबिन बजगाईंले गरेका छन् भने सम्पादन प्रकाश एस.के ले गरेका छन् ।
यस अघि थुप्रै गीतहरु बजारमा ल्याइसकेकी गायिका गोमा कोइरालाले नेपाली लोक तथा दोहोरी गीतबाट मौलिकता कहिले नगुमोस् भन्ने चाहना राख्दै समाजको यथार्थ भोगाई र गरिब निमुखाहरुको पीडालाई समेटेर गीत तयार पारिएकोले गीतबाट आशावादी रहेको बताउँछिन् । भिडियोलाई संगित सरोबरले युट्युब मार्फत बजारमा ल्याएको हो । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया