सन्नी लियोनी भन्छिन्, ‘नेपाल मलाई विश्वमा सबैभन्दा मन पर्ने देश हो’

सन्नी लियोनी भन्छिन्, ‘नेपाल मलाई विश्वमा सबैभन्दा मन पर्ने देश हो’


काठमाडौं । पोर्न स्टार हुँदै बलिउड नायिका बनेकी सन्नी लियोनी यतिबेला नेपालमा छिन् । उनले आइटम डान्स गरेको नेपाली चलचित्र ‘पासवर्ड’ को प्रिमियरको लागि उनी बिहीबार नेपाल आएकी हुन् ।

बिहीबार साँझ कुमारी हलमा भएको प्रिमियरमा सहभागी भएकी सन्नीले नेपाल आफुलाई विश्वकै सबैभन्दा मन पर्ने देश भएको बताएकी छन् ।

आफू नेपाल आउन पाउँदा निकै खुसी महशुस गरेको बताउँदै उनले भनिन्, ‘मलाई संसारकै सबैभन्दा मनपर्ने देश नेपाल हो । फेरि पनि नेपाल आउन पाउँदा एकदमै खुसी छु । साथै, नेपाली फिल्मको हिस्सा बन्न पाएकोमा निकै गर्व महशुस भएको छ । फेरि पनि नेपाली फिल्म गर्ने बाचा गर्दछु ।’

बिहीबार दिउँसो नेपाल ओर्लिएकी उनी साँझ करीब साढे ८ बजे फिल्मको प्रिमियरमा सहभागी हुन काठमाडौंको कुमारी हलमा पुगेकी थिइन् । नेपाल प्रहरीको एक टोलीले उनलाई प्रिमियर अवधिभर कडा सुरक्षा दिएको थियो । सन्नीले नेपाली चलचित्रको गीतमा नाँच्दाको अनुभव सुनाइन् ।

‘मलाई गीत एकदमै मन परेको छ, भाषा त म बुझ्दिन तर मैले यो गीत लाखौँपल्ट सुनेर स्मरण गरेँ।’ चलचित्र पासवर्डको आइटम गीत ‘सन्नी मेरो नाम’ मा उनी नाचेकी छन् । यो चलचित्र शुक्रबारदेखि देशभर प्रर्दशन भएको छ। सन्नीले यो चलचित्र १५ मिनेट हलमा बसेर हेरेकी थिइन् ।

Logo