१२ वर्षपछि सहकार्य गर्दै सैफ र करीना

१२ वर्षपछि सहकार्य गर्दै सैफ र करीना

केन्द्रबिन्दु
0
Shares

मुम्बई। बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूर खान बलिउडको सुहाउँदो जोडीमध्ये एक हुन्। यो जोडीले एकसाथ कैयौँ फिल्ममा काम गरेका छन्। पछिल्लो पटक यो जोडी सन् २०१२ मा ‘एजेन्ट विनोद’मा देखिएका थिए। अब यो जोडी १२ वर्षपछि पुनः दर्शकमाझ एकसाथ आउने भएका छन्।

टाटा प्लेको शो ‘नाउ बिगिनिङ’को बेला उनीहरूले एक शोमा आफूहरू सँगै देखिन लागेको जानकारी दिएका हुन्। करीना र सैफले यसअघि ‘टसन’, ‘कुर्बान’ र ‘एजेन्ट विनोद’मा सँगै काम गरेका थिए। उनीहरूले रोडसाइड रोमियामा स्वर पनि दिएका थिए। यद्यपि उनीहरु एक दशकभन्दा बढी समय पर्दामा सँगै देखिएनन्।

‘पहिला उनी भन्थे ‘हुँदैन, यो काम गर्दिनँ । यसमा कुनै चासो छैन र हामी एकसाथ काम गर्नुहुँदैन’। सायद यही कारणले ‘टसन’ र ‘एजेन्ट विनोद’ले राम्रो व्यापार गरेन। तर एक राम्रो फिल्म भयो भने मानिसहरूले हामीलाई सँगै हेर्न चाहेका छन् भन्ने मेरो बुझाई हो’, करीनाले भनेकी छन्।

सैफले पनि करीनासँगको सहकार्यको बारे मुख खोलेका छन्। ‘हामी वास्तवमै केही चिजमा काम गरिरहेका छौँ र केही यस्तो ल्याउने प्रयास गरिरहेका छौँ। जसले यो कुराको ध्यान दिनेछ कि हामी विवाहित हौँ र यो नाटक यो कुराको थोरै विरोधी छ। त्यसकारण यो काम अहिले प्रगतिमै छ’, सैफले भनेका छन्।

Skip This
Skip This
Logo