रामायणमा विभिषणको भूमिकामा विजय सेतुपतीको इन्ट्री, को-को छन् अरू कलाकार ?

रामायणमा विभिषणको भूमिकामा विजय सेतुपतीको इन्ट्री, को-को छन् अरू कलाकार ?

केन्द्रबिन्दु
0
Shares

मुम्बइ । साउथ इन्डस्ट्री पछि विजय सेतुपति अब बलिउडमा पनि आफ्नो छाप छोड्दैछन्।

हालै उनी कट्रिना कैफसँग फिल्म मेरी क्रिसमसमा देखिएका थिए। यस फिल्ममा उनको कट्रिनासँगको केमेस्ट्रीलाई पनि निकै मन पराइएको थियो। योसँगै यो फिल्मले दर्शक र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएका थियो । यसैबीच, विजय सेतुपतिको किट्टीमा अर्को फिल्ममा नजर हुने देखिएको छ।

भारतीय सञ्चारमाध्यमका दावी अनुसार विजय सेतुपति अब रणवीर कपूरसँग फिल्म रामायणमा देखिने छन्। यो फिल्मको लामो समयदेखि चर्चा भइरहेको छ । चलचित्रको कास्टिङ पनि तिब्र रुपमा भैरहेको छ । केही क्यारेक्टरका लागि कलाकार पनि छनोट भएका छन् । योसँगै अब फिल्ममा विजय सेतुपतिलाई पनि लिने चर्चा बाहिर भएको छ । समाचार अनुसार फिल्ममा विभिषणको भूमिकाका लागि उनलाई छनोट गरिएको छ।

पिंकभिल्लाको नजिकको स्रोतका अनुसार नितिश तिवारीले विजय सेतुपतिलाई भेटेर स्क्रिप्टको बारेमा छलफल गरेका छन्। यति मात्र होइन, विजयले यो फिल्ममा पनि चासो देखाएका छन् । तर, कलाकारले अहिलेसम्म फिल्म साइन गरेका छैनन् र केही विषयमा टोलीसँग कुराकानी भइरहेको छ ।

रामायणका लागि स्वीकृत भएका कलाकार

रामायणका अन्य पात्रहरूको कुरा गर्दा रणवीर कपूर भगवान श्रीरामको भूमिकामा देखिनेछन्। यससँगै साई पल्लवी माता सीताको भूमिकामा देखिने भएकी छिन्। यसबाहेक रावणको भूमिकाका लागि यश छनोट भएका छन्। यी तीन जनाको नाम टुंगो लागेको छ। तर हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको छ।

यसैबीच यस स्टार कास्टको सूचीमा विजय सेतुपतिको नाम पनि थपिएको हो। अब विजयले फिल्म साइन गर्ने कि गर्दैनन् त्यो हेर्न बाँकी छ।

कहिले रिलिज हुन्छ रामायण ?

यो फिल्मलाई नितिश तिवारी र नमित मल्होत्राले निर्माण गर्नेछन्। यो फिल्म अर्को वर्ष अर्थात् २०२५ मा दीपावलीको अवसरमा रिलिज हुनेछ। रिपोर्टका अनुसार फिल्मको प्रि–प्रोडक्सनको काम पनि सुरु भइसकेको छ र यो वर्षको मार्च महिनाबाट फिल्म फ्लोरमा जानेछ। योसँगै मार्चमा सबै स्टारकास्ट लिएर फिल्मको छायांकन सुरु हुनेछ।

Skip This
Skip This
Logo