बैतडी । अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न ‘मिस फिलिपिन्स युएसए २०१९’ मा नेपाली मूलकी मिराकल चन्दले दुईवटा उपाधी जितेकी छन् । उक्त सौन्दर्य प्रतियोगितामा मिराकलले सेकेन्ड रनरअपका साथै उत्कृष्ट युवा सुन्दरीको उपाधी पनि जितेकी हुन् ।
उनलाई ‘मिस योङ्ग फिलिपिन्स सेकन्ड रनर अप’ भनि उपाधि प्रदान गरिएको छ । ‘मिस फिलिपिन्स युएसए-२०१९’ को उपाधी भने मारिली सलजरले जितिन् ।

गत जुलाई २१ मा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा मिराकल सुरु देखि नै सशक्त प्रतियोगीको रुपमा आफुलाई प्रस्तुत गर्दै आएकी थिईन् । उनलाई जिताउन विश्वभरका नेपाली समुदाय लागेका थिए ।
नतिजा आएपछि उनका बाबु कर्ण चन्दले सामाजिक संजाल मार्फत सबैलाई धन्यवाद दिएका छन् । कर्ण चन्द कराते खेलाडीका साथै प्रशिक्षक समेत हुन् । उनले सन् २००३ मा फिलिपिन्सकी महिलासँग विवाह गरेका थिए ।
सन् २००३ मै मिराकल चन्द पलाउ आइल्याण्डमा जन्मेकी थिईन् । आमा हेडी बि फिलिपिन्सकी हुँदा मिराकलले मिस फिलिपिन्स युएसएमा प्रतियोगीतामा भाग लिन पाएकी थिइन् । बैतडी घर भएका चन्द हाल नीजि सुरक्षा परामर्शदातासँगै व्यक्तिगत सुरक्षाका लागि प्रशिक्षक पनि हुन् ।































प्रतिक्रिया