राष्ट्रिय गितहरुको एकल साँझ लिएर आउँदै गायक सुमित खड्का

राष्ट्रिय गितहरुको एकल साँझ लिएर आउँदै गायक सुमित खड्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

गायक सुमित खड्काको गितहरुको एकल साँझ हुने भएको छ । आगामी साउन ९ गते उनका राष्ट्रिय गितहरुको एकल साँझ हुने भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सो कार्यक्रममा १५ जना संगितकर्मीहरुको उपस्थिती रहने बताइएको छ । सो कार्यक्रममा गायक खड्काले हिमाल पहाड तराई, वीर गाथा नेपाली, हामी शान्ती, कर्म गर्न, मेरी आफ्नै आमा भन्दा , वीरको छोरो लगायत १५ वटा गितहरु प्रस्तुत गर्दैछन् ।

जसमध्ये युगल गायनमा ३ वटा गितहरुमा भने प्राश्ना शाक्यले साथ दिनेछिन् । यस्तो एकल साँझ सातवटै प्रदेशमा गर्ने सोच भएको गायक सुमितले बताएका छन् । गतवर्ष माघमा उनले प्रदेश नं. १ मा यस्तै एकल साँझ गरिसकेका छन् । त्यहि कार्यक्रमबाट उत्साहित हुँदै आफू देशव्यापी कार्यक्रमको दौडमा रहेको पनि उनले बताए ।

Logo