मेरो चरित्र हत्या गर्न खोजियोः बद्री पंगेनी

मेरो चरित्र हत्या गर्न खोजियोः बद्री पंगेनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लोक दोहोरी गायक बद्री पंगेनीले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । निरमाया दोहोरी साँझ र सृष्टी फर्निचर उद्योगबीचको आर्थिक विवादमा आफ्नो नाम जोडिएको भन्दै उनले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् ।

बद्रीले विज्ञप्तीमा भनेका छन्, ‘१६ वर्षदेखि सञ्चालित निरमाया दोहोरी साँझमा विगत ३ वर्षदेखि नै सञ्चालन तथा सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी विजय सिंह र सुवास अधिकारीलाई दिएको समेत जानकारी गराउँन चाहन्छु । साथै बद्री पंगेनी यहाँ संलग्न हुनुहुन्न भन्दा भन्दै पनि विभिन्न मिडियाले मेरो नाम जोडेर धम्क्याएको भन्ने भ्रामक समाचार सम्प्रेसण गर्नेहरुप्रति खेद प्रकट गर्दछु ।’

किन विवादमा मुछिए बद्रि पंगेनी ?

धम्क्याएको प्रमाणित भए आफु जस्तोसुकै सजाय भोग्न तयार रहेको समेत उनले बताएका छन् । आफु यो प्रकरणमा समन्वयकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको विज्ञप्ती मार्फत जनाइएकाे छ।

सृष्टी फर्निचर उद्योग सितापाईलाका सञ्चालक निमा शेर्पाले पंगेनीसहित तीन जनाले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाको माग गर्दै निवेदन दिएका छन् ।

उनले पंगेनीसहित विजय सिंह र सुवास अधिकारीविरुद्ध ज्यान मार्ने धम्की दिएको आरोपमा उजुरी दिएका हुन् । चरित्र हत्या गर्ने उद्देश्यले आफ्नो नाम जोडिएको भन्दै बद्रीले विज्ञप्तीमार्फत स्पष्टिकरण दिएका हुन् ।

विज्ञप्ती जस्ताकाे त्यस्तै

Logo