काठमाडौं,
राष्ट्रियसभा सदस्य तथा चर्चित लोकदोहोरी गायिका कोवल वलीको तीज गीत छड्के तिलहरी सार्वजनिक भएको छ । चर्चित गीतकार एकनारायण भण्डारीद्वारा संकलित गीतमा गायिका कोमल वली र उनकी बहिनी प्रज्ञा वली ‘शरद’ले स्वर दिएका छन् ।
गीतले दिदी बहिनी बीचको प्रेमको महत्व उजागर गरेको छ । साथमा मौलिक पर्व तीजमा हरेक नारीले लगाउने तिलहरीको पनि चर्चा गरिएको छ । वली दिदी बहिनी सौभाग्यको प्रतिक मानिने सिन्दुर, चुरा पोतेमा सजिएर गीतमा अभिनय गरेका छन् ।
राष्ट्रियसभा सदस्य वलीले अघिल्ला वर्षहरुका तीजमा गाएका गीतहरु भन्दा यो गीत निकै फरक र सकारात्मक सन्देशले भरिएको छ । हेरौं गितको भिडियो :
https://www.youtube.com/watch?v=8G11UYOOZFA































प्रतिक्रिया