‘आइइसी डिजाइनर रनवे’मा आधा दर्जन सेलिब्रिटी

‘आइइसी डिजाइनर रनवे’मा आधा दर्जन सेलिब्रिटी

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा आगामी शुक्रबार काठमाडौंको होटल याक एण्ड यतीमा १३ औं संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो हुने भएको छ । यो फेसन शोमा झण्डै आधा दर्जन सेलिब्रिटीले -याम्प नाप्नेछन् ।

शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मी श्रेष्ठ, मलिना जोशी, प्रियंका रानी जोशी, आँचल शर्मा, मिस्टर नेपाल समर्पणजंग कार्की, मोडल सबिता कार्की, जेड दीपिका गारेटलगायतले ¥याम्प नाप्न लागेका हुन् । शोमा उनीहरु ‘शो टपरका रुप’मा विभिन्न आकर्षक पहिरनसहित ¥याम्पमा प्रस्तुत हुने आयोजकले जनाएका छन् ।

शोमा भारत, रुस, सर्भियालगायत विभिन्न मुलुकका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहनेछ । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरु प्रस्तुत गर्ने तालिका छ ।

अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको पनि सहभागिता रहने शोको व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले हेरेको छ । नेक्स्ट मोडल नेपालका सीइओ रवि धमलाले अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइइसी डिजाइनर रनवे’लाई प्रस्तुत गर्न लागेको बताए ।

शोमा आइइसी कलेजका २०२१ ब्याचका ७३ विद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रस्तुत हुनेछ । कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पु-याउनु शोको उद्देश्य रहेको बताइन् ।

Logo