आँचललाई छाडेर पल शाह प्रियंकासँग रोमान्स गर्दै

आँचललाई छाडेर पल शाह प्रियंकासँग रोमान्स गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्राय म्यूजिक भिडियोमा पल शाह र आँचल शर्माको जोडि देखिन्छ । र त्यो भिडियो हिट पनि भईरहेको छ । तर अब भने पल शाह आँचललाई छाडेर प्रियंका कार्कीसँग देखिएका छन् ।

प्रियंका कार्की, पल शाहको अभिनय रहेको म्यूजिक भिडियो ब्युटी पार्लर सार्वजनिक भएको छ । रोमान्टिक शैलीको यो गीतमा पल शाह र प्रियंका नाचेका छन् । सरोज ओलीले निर्देशन गरेको म्युजिक भिडियोको गीतलाई मेलिना राई र ध्रुब बिस्कोकोले गाएका हुन् ।

भिडियोमा पल र प्रियंकासँगै सकिना इटानी पनि देखिएकी छिन् । भिडियोलाई सुदिप बरालले खिचेका हुन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका छन् । दीपक शर्माको संगीत, श्रमिक बरालको शब्द रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

Skip This
Skip This
Logo