जेलको चक्कर काट्नु परेका १० कलाकार (भिडियो रिपोट)

जेलको चक्कर काट्नु परेका १० कलाकार (भिडियो रिपोट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भनिन्छ, कलाकारहरु राष्ट्रका गहना हुन् । त्यसैले उनीहरुको मान, सम्मान र प्रोत्साहन हुनुपर्छ । तर विडम्वनाका साथ भन्नुपर्छ कतिपय राष्ट्रका गहनाहरु यिनै पदवीको दुरुपयोग गर्दै सामाजिक हित विपरितका गतिविधिमा संलग्न हुने गरेका छन् । यसरी कलाकारिताको आवरणमा विकृतजन्य धन्दा गर्नेहरुमा नेम र फेम कमाएका कलाकारहरु पनि पर्छन ।

यस्ता कलाकारहरुले कलाकारिताको मात्रै बदनाम गरेनन् समग्र कलाकारको इमान र इज्जतमाथि प्रश्नचिन्ह खडा गरिदिएका छन् । यस्तो प्रवृतिले भोलिको दिनमा कोही कलाकारलाई आँखा चिम्लेर विश्वास गर्न सकिँदैन । कलाकारलाई हार्दिकतापुर्वक सम्मान गर्न सकिँदैन । कलाकारितालाई दाउमा राखेर यसरी अनेकन धन्दा गर्नेहरुको हर्कत र कर्तुत यहाँ प्रस्तुत गरिएको छ । जो मानव तस्करीदेखि ठगीसम्मको मुद्दामा मुछिएका छन् ।

Logo