‘फेस अफ नेपाल २०२४’ आयोजना हुँदै, आवेदन दिन कति चाहिन्छ योग्यता ?

‘फेस अफ नेपाल २०२४’ आयोजना हुँदै, आवेदन दिन कति चाहिन्छ योग्यता ?

केन्द्रबिन्दु
252
Shares

नेपाली मोडलहरूलाई अन्तर्राष्ट्रिय पहिचान दिने प्रतियोगिता ‘फेस अफ नेपाल २०२४’ आयोजना हुने भएको छ । केन्द्रबिन्दु डटकमसँगकाे सहकार्यमा हुन लागेकाे यस प्रतियोगिताका लागि यही वैशाख १७ गतेदेखि आवेदन खुल्ला गरिएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएकाे हाे ।

सन् २०१६ देखि आयोजना हुँदै आएको यो प्रतियोगितामा महिला तथा पुरुष दुबै सहभागी हुन सक्नेछन् । दक्षिण कोरियाको फ्रेन्चाइज सौन्दर्य प्रतियोगिताको रूपमा आयोजना हुँदै आएको यो मोडल हन्ट नेपालका लागी एम.एस. प्रोडक्सनले आयोजना गर्न लागेकाे हाे ।

यसका लागि सातवटै प्रदेशमा अडिसन गर्ने तयारी भइरहेको छ । विभिन्न प्रदेशहरुमा छनौट प्रक्रिया अगाडि बढेपछि सहभागी हुनेहरुका लागी १५ दिनको तालिम दिइनेछ । जसमा ख्याती प्राप्त प्रशिक्षकहरुद्धारा तालिम दिइनेछ।

दक्षिण कोरियाको फ्रेन्चाइज सौन्दर्य प्रतियोगिताको रूपमा आयोजना हुँदै आएको यो मोडल हन्टमा सहभागी हुन चाहने पुरुषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाई हुनुपर्नेछ । यस्तै, पुरुष र महिलाको उमेरहद १८ देखि ३० वर्षसम्म हुनुपर्नेछ । शिक्षाको योग्यता भने आयोजकले तोकेको छैन ।

आयोजकका अनुसार फेस अफ नेपाल २०२४ सहभागीहरुमध्ये आगामी जुलाईमा हुने फाइनलमा निर्णायकहरुको मुल्यांकन र भोटिङमार्फत तीनजना विजेता घोषणा हुनेछन्। विजेताहरु यही नोभेम्बरमा हुने कोरियामा भाग लिन जानेछन्।

प्रतियोगिताकी नेशनल डाइरेक्टर मेनुका माझीले नेपाली संस्कृति र मौलिकता विश्वमाझ पुर्याउन यो प्रतियोगिता आयोजना गरिएको बताइन् ।

यसैगरी मिस नेपाल इन्टरनेशनल तथा फेस अफ नेपाल २०२१ की विजेता नीति शाहले आफू विजयी भई कोरिया गएको अनुभव सुनाइन् । यस्ता प्रतियोगिताहरुले नेपालीपन र नेपाली मौलिक पहिचानहरुलाई विश्वमाझ पुर्याउन धेरै मद्दत गर्ने उनकाे विश्वास छ ।

यसका साथै सन् २०२० को फेस अफ नेपालका विवेक खड्काले आफू विजयी हुँदा विश्वभर कोरोना महामारी भएको तर उक्त समय पनि आफूले डिजिटल प्लेटफर्म मार्फत मोडल हन्टमा सहभागी भएको किस्सा सुनाए । मोडलिङ पेसामा विगत ८ वर्ष देखि सक्रिय रहेका उनी यस्ता प्रतियोगिताहरुले नेपाली मोडलहरुले अन्तर्राष्ट्रिय एक्पोजर पाउने बताए ।

फेस अफ नेपाल २०२३ का विजेता स्मृति श्रेष्ठले यस पटकको प्रतियोगितामा नेपालभरका मोडलहरु सहभागी हुने भएकाले अझै प्रतिस्पर्धात्मक हुने आशा व्यक्त गरिन् ।

फेस अफ नेपाल २०२४ मा स्मिथ तामाङले कोरियाग्राफी गर्दैछन् भने रुपेश बापा फोटोग्राफरको रुपमा छन् । यस्तै, कार्यक्रमकाे होस्ट सेसेमी लिम्बुले गर्दैछिन्।

Logo