देशकै बेईज्जत गर्नेगरी प्रियंकाको नौटंकीः अति भएन र..?

देशकै बेईज्जत गर्नेगरी प्रियंकाको नौटंकीः अति भएन र..?

केन्द्रबिन्दु
0
Shares

सुजाता मुखिया ।

काठमाडौँ । हालै विश्वकै चर्चित फिल्म महोत्सव ‘कान्स फिल्म फेस्टिभल’ भव्यताका साथ सम्पन्न भयो । यो पटकको कान्समा दुईवटा कुरा सम्झनयोग्य रह्यो । एउटा नेपाली निर्देशक मिन भामले फिल्म ‘चिसो वर्ष’ को लागि ६६ लाख बराबरको नर्वेजियन ग्रान्ट सरफन्ड जिते र अर्को फिडेल देवकोटाको फिल्म ‘काङलिङ’ उत्कृष्ट १५ मा पर्न सफल भयो । यि दुवै कुराले नेपालीहरु खुशी र गौरवान्तित भएका छन् ।

र अर्को, कान्समा नेपाली अभिनेत्री प्रियंका कार्कीको सहभागिता जनाउने कुरा मिडियाहरुको हेडलाइन बन्यो । उनी सहभागी मात्र नभएर रेड कार्पेट मै हिड्ने कुराले समग्र उनका शुभचिन्तक र नेपाली निकै उत्साहित बने । तर, कान्समा प्रियंकाले रेड कार्पेटमा सहभागी भएको कुनै तस्बिर सार्वजनिक भएन । न त प्रियंकाले नै राखिन् ।

‘कान्स ’ को रेड कार्पेटमा हिड्ने भन्दै प्रियंकाले किन ढाटिन् ?

उनले राखेको तस्बिरमा कान्सको रेड कार्पेटको माहोल पनि देखिएन । उनले कुनै औपचारिक कार्यक्रममा सहभागी भएको तस्बिर पनि राखिनन् । जब कान्समा पुगेको भन्ने चर्चा सुरु हुन थाल्यो, कुनै कोठा भित्र बसेर थरीथरीका पोजहरुमा तस्विर खिच्दै पोष्ट गर्न थालिन् । उनी कान्सको मुख्य इभेन्टमा पनि कतै देखिइनन् ।

उनी कान्स फिल्म फेस्टिभलमा जानु, आउनु आफ्नो ठाउँमा थियो । तर जानु अघि उनले ठूलै डंका पिटिन् । कान्सका आयोजकबाटै निमन्त्रणा आएको र त्यहाँ नेपालको गरिमा बढाउन जान लागेको आसय व्यक्त गरेर नगएको भए उनको बारेमा त्यति धेरै चियो चर्चा हुने थिएन । तर उनी यसरी कान्समा गइन, मानौं उनी आयोजककै मुख्य आकर्षण बन्न गइरहेकी छिन् र त्यो प्लेटफर्ममा उनले समग्र नेपालको शान बढाउनेछिन् ।

कान्समा भएको जनाउ दिँदै उनले फेसबुक र इन्स्ट्राग्राममा यस्ता तस्बिर पोष्ट गर्न थालिन जुन आफैंमा जग हसाँउने काम थियो । उनले भारतीय अभिनेत्रीहरुको सिको गर्दै त्यस्तै पहिरन लगाएर कोठाभित्र तस्बिर खिचिन र पोष्ट गरिन । दर्शक वा नेपाली मिडियालाई झुक्याउने उनको नियत स्पष्ट देखियो ।

कान्समा गएको भनिएको पहिलो दिन बिहानै बलिउड अभिनेत्री प्रियंका चोपडाको जस्तै पोज दिएको फोटो पोष्ट गरिन् । त्यसपछि फिल्म प्रसादको प्रिमियरमा नम्रता श्रेष्ठले लगाएको जस्तै गोल्डेन कलरको ड्रेसमा देखा परिन् । यतिले पनि उनलाई चित्त बुझेन । यो ड्रेस मा खिचिएको एउटा तस्बिरमा फेरि प्रियंका चोपडाकै पोज चोरिन् ।

त्यसको लगत्तै फेरि दिपिका पादुकोणले लगाएको जस्तै फर्मल ड्रेसमा । उनको रेड कार्पेटमा सहभागी नभएको कुरा सबैले थाहा पाइसकेका थिए । के कारणले उनी रेड कार्पेटमा हिड्न पाइनन ? जे हो त्यहि भनिदिएको भए सायद त्यति आलोचित हुनेथिईनन् । तर प्रियंकाले अर्को गल्ती गरिन । सत्य कुरा बाहिर ल्याउनुको सट्टा गल्ती थुपार्दै गइन । एउटा गल्तीलाई ढाकछोप गर्न अर्को गल्ती गर्दै गईन् ।

फ्यानहरुको चर्को आलोचनापछि कान्समा गएको पुष्टि गर्नलाई उनले फ्रेन्च नागरिकसँगको अन्र्तवार्ता आफ्नो फेसबुक पेजमा सेयर गरिन् । तर उनले अन्र्तवार्ता सेयर कहाँबाट गरिन ? त्यो कुनै आधिकारिक च्यानल पनि थिएन । हुन त उनले कान्समा जानु अघि नै झुठ बोलिसकेकी थिइन । सबैकुरा उनको योजना अनुरुप चलिरहेको थियो । सबैभन्दा पहिला त उनले कान्सबाट निम्तो आएको कुरा बताईन् । कान्समा सहभागी हुने कुरा उनी स्वयंले बताएकी थिइन् । एयरपोर्टमा पत्रकारहरुलाई आफु नेपालको प्रतिनिधित्व गर्ने पहिलो अभिनेत्री समेत भनेकी थिइन् ।

प्रियंका आफै झुक्किएको कि अरुलाई झुक्याउन खोजेको हो ? आफै झुक्किएको हो भने यत्तिका नेम र फेम पाएको हिरोईनले विश्वकै प्रतिष्ठित फिल्म महोत्सवको प्रवृत्ति नबुझ्नु हाँसो उठ्दो हो । यदि अरुलाई झुक्याउन खोजेकी हुन भने उनी सधैंका लागि झुटो सावित हुनेछिन् । यसले उनको करियरलाई निकै नराम्ररी ठेस पुर्‍याउनेछ । एकातिर उनको प्रवृति त बुझियो नै अर्कोतिर उनले समग्र नेपालीलाई लज्जाबोध गराईन् । र आफ्नो दर्शक, शुभचिन्तकहरुको चित्त दुखाउने काम गरिन् । अब उनी नेपाल फर्किएर कस्तो प्रतिक्रिया दिन्छिन्, त्यो भने हेर्न बाँकी छ ।

प्रियंका कार्की बनिन् ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुने पहिलो नेपाली अभिनेत्री

कान्स फेस्टिभलमा प्रियंकाको जबरजस्त लुक्स (तस्बिरसहित)

कान्स फिल्म फेस्टिबलका उत्कृष्ट फेसन र ग्ल्यामर (९ तस्बिरमा)

कान्स फिल्म महोत्सवमा को भन्दा को कम

ट्रोल बन्दा रणवीरले गरे दिपिकाको बचाउँ

 

Logo