काठमाडौं । शिवाजी डान्स सेन्टरले सांस्कृति धमाका गर्ने भएको छ । जेठ १५ गते राष्ट्रिय नाचघर जमलमा बृहत सांस्कृति कार्यक्रमको आयोजना गर्न लागेको हो । त्यसको आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा वरिष्ठ लोक गायक वैकुण्ठ महत, गायक कमल खत्री, गायिका टिका प्रसाई, डान्सर रोमा न्यौपाने, नृत्य निर्देशक डान्सर तथा मोडल शिवजी क्षेत्री, र्यापर आर्शन क्षेत्री, रिना राई लगायतको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
नेपाली मौलिक तथा लोक संस्कृतिको सम्मानका लागी सदैव लागिरहने नेपाली कलाकारको एक अभियान नै बनेको छ । शिवाजी डान्स सेन्टर देश विदेशमा आयोजना गरिने विशेष कार्यक्रममा नृत्यकार उत्पादन गर्दै आएको छ । प्रतिभाको सम्मान भएमात्र नेपाली कला संस्कृतिको सम्मान हुने डान्स सेन्टरका सञ्चालक अनुष्का शर्माको भनाई छ ।
नेपाली कला सांस्कृतिकको जगेर्ना गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाई छ । यो संस्थाले यसअघि ३ वटा कार्यक्रमको आयोजना गरिसकेको छ ।





























प्रतिक्रिया