‘बोल माया’ को सफलतापछि गायक प्रकाश सपूतले नयाँ गीत ‘गलबन्दी’ ल्याएका छन् । उनले शनिबार राती आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् । ‘गलबन्दी’ परम्परागत लोक गीत हो । जुन रोधी परम्परामा आधारित छ । रत्यौली शैलीको यो गीत गाउँघरमा खेलिने गरिन्छ ।
उक्त गीत प्रकाश सपूत र शान्ताश्री परियारले गाएका छन् । शब्द तथा संगीत गायक स्वयंको रहेको छ । निर्देशकको जिम्मा पनि उनले नै लिएका छन् । भने सह निर्देशन देवेन्द्र बब्लुको छ । श्यामश्वेत रसाईलीको मिक्सिङ छ ।
भिडियो करण चैरिसले खिचेका छन् । सम्पादन प्रविन भट्टले गरेका छन् । गीतमा प्रकाश सपूत र अञ्जली अधिकारीको फिचरिङ रहेको छ । अञ्जलीले यसअघि ‘बोल माया’ मा पनि प्रकाशसँगै अभिनय गरेकी थिईन् । उनको अभिनयको निकै प्रशंसा भएको थियो ।































प्रतिक्रिया