हट र ग्ल्यामर अवतारमा गरिमा पन्त (तस्बिरसहित)

हट र ग्ल्यामर अवतारमा गरिमा पन्त (तस्बिरसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गरिमा पन्त सबैभन्दा सिम्पल नायिकामा पर्छिन् । उनी अरु नायिकाजस्तै तडकभडक गर्दिनन् । आफ्नो पहिरनदेखि सबै कुरामा उनी विशेष ख्याल राख्छिन् । अरु नायिकाले जस्तै गरेर बिकीनी, वानपीस जस्ता छोटा कपडा उनको रोजाईमा पर्दैन् । यो त अहिलेसम्म उनको पहिचान हो । तर अब यो रहेन् । उनी पनि अरु नायिकाजस्तै हट ड्रेसअपमा देखिन थालेकी छन् ।

एक समयकी चर्चित यि नायिकाले चलचित्र झोला मार्फत विभिन्न अवार्ड पनि हात पारेकी थिइन् । नेपाली चलचित्र जगतमा सुन्दर मानिने गरिमा केही वर्षयता कलिउडदेखि टाढा छिन् ।

बेल्जियममा व्यवसाय गर्ने हरी थपलियासँग बिहे गरेपछि उनी उतै बस्दै र व्यवसाय गर्दै आइरहेकी छिन् । यसकारण पनि गरिमा अहिले नेपाली रजतपटबाट हराएकी छन् । तर फिल्मी क्षेत्रबाट टाढा रहे पनि ग्ल्यामरबाट भने गरिमा टाढा हुन सकेकी छैनन् । अझ दिनप्रतिदिन उनमा फेसन र ग्ल्यामरको विकास भएको उनका तस्बिरबाट देख्न सकिन्छ ।

बोल्ड, ब्युटिफुल, हट र सेक्सी तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै आएकी छन् । बिकीनी अवतारमा गरिमाले केही तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । श्रीमानसँग घुम्न जाँदा पनि डिम्पलवाली नायिका बिकीनीमा सजिएर स्विमिङ पुलमा पानीको मजा लिदैँ केही तस्बिर उनको टाइमलाइन र स्टोरीमा सेयर गरेकी छन् ।

Skip This
Skip This
Logo