मिस यूनिभर्स नेपालको लागि आवेदन खुल्याे, कसरी सहभागी हुने ?

मिस यूनिभर्स नेपालको लागि आवेदन खुल्याे, कसरी सहभागी हुने ?

केन्द्रबिन्दु
14
Shares

प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस यूनिभर्स नेपालको लागि आवेदन खुलेको छ। सोमबार काठमाडौंको सोल्टी काउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा “मिस यूनिभर्स नेपाल २०२४” को लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले दिएको हो।

मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर सङ्गिता पुरीले यस वर्ष सबै क्षेत्रका महिलाहरूलाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउने बताइन् । यो अवसरको सदुपयोग गर्दै विश्वबजारमा नेपाली नारीहरुको असीम क्षमता देखाउन उनकाे अनुराेध छ ।

प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गते सम्म खुल्ला रहनेछ । इच्छुक महिलाहरुले खल्ती एप अथवा मिस यूनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेवसाइटमार्फत अनलाईन फारम भरेर आवेदन पेश गर्न सक्छन्। आवेदन खुला हुने अवधिभर सातै प्रदेशमा विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाहरूले प्रतियोगितामा आवेदन दिन पाउनेछन् । उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराहरुको प्रतिबन्ध नभएको मिस यूनिभर्समा नेपालीको साथै गैरआवासीय नेपाली महिलाहरुले पनि सहभागिता जनाउन पाउनेछन् ।

सहभागीहरुले अन्तिम प्रतियोगिताअघि विभिन्न प्रशिक्षणहरु प्राप्त गर्ने छन् । सर्वप्रथम असार १८ गते प्रतिस्प्रर्धाको उत्कृष्ट ६० प्रतिस्पर्धिहरु छानिनेछ र असार २७ गते मिनी गाला कार्यक्रमको आयोजना गरेर उत्कृष्ट ३० प्रतिस्पर्धीहरु छानिनेछ । प्रतियोगिताको फाइनल भने भदौ १५ गते हुनेछ । यसपटकको मिस युनिभर्स नेपालको ग्रान्ड फिनालेमा मिस युनिभर्स २०२३ शेन्निस पलासिओसको पनि उपस्थिती रहनेछ ।

प्रतियोगितामा उत्कष्ट ६० सहभागीहरुले २ दिने प्रशिक्षण प्राप्त गर्ने छन् भने त्यहाँबाट छानिएका शीर्ष २२ प्रतिस्पर्धिहरुलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रशिक्षक एलेक्जेन्डर गोन्जालेजले १५ दिने प्रशिक्षण प्रदान गर्नेछन् । प्रतियोगिताका विजयीहरुलाई भने उनले भदौ २४ गतेसम्म विशेष प्रशिक्षण प्रदान गर्नेछन् । मिस युनिभर्स नेपाल २०२४को विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा आयाेजना हुन लागेको ७३औं – मिस युनिभर्स २०२४ मा नेपालका प्रतिनिधित्व गर्नेछिन्।

Logo