फेसन र सोनम पर्याय शब्द हो । ‘फेसन आइकन’ मानिने सोनम कपुर बलिउडमा अभिनयको भन्दा पनि उनले लगाउने पहिरनको बढी चर्चा हुने गरेको छ । उनले लगाएको पहिरनलाई उनको प्रशंसकहरुले फलो गर्ने गर्छन् ।
अहिले कान्स फिल्म फेस्टिबलको चर्चा भइरहेको छ । ठूला–ठूला स्टारहरु रेड कार्पेटमा देखा परिरहेका छन् । यस्ता फिल्म फेस्टिबलमा विशेषगरी नायिकाहरुले लगाएको पहिरनको खुबै चर्चा हुने गर्छ । यो पर्व फेसनेवल सेलिबे्रटीहरुलाई आफ्नो फेसन सेन्स कस्तो छ भनेर देखाउने मौका पनि हो । यस्तो मौका फेसन आइकन मानिने सोनम कपुरले पनि किन छोड्थिइन र ?

उनी कान्स फिल्म फेस्टिबल २०१९ मा भाग लिन पुगिसकेकी छिन् । त्यहाँ पुगेको पहिलो दिन उनी रेड कार्पेटमा देखा त परिनन् तर उनको तीन शानदार लुक्सले फ्यानहरुको होश नै उडायो । यि तीन लुक्समा सोनम कपुरलाई निकै सुन्दर देखिएको छ ।
त्यहाँ सोनमले आफ्नो दिनको सुरुवातमा हल्का आँखालाई शान्त दिने रातो रंगको गाउनको साथ देखा परिन् । त्यहि साँझमा वैजनी रंगको गाउनमा आफ्नो फरक अन्दाजले सबैको दिवाना बनाइन् । र राती सोनम सुनौलो रंगको गाउनमा चम्किन् । अबु जानीले डिजाइन गरेको उक्त पहिरनमा सोनम कुनै परी भन्दा कम देखिएकी थिइनन् ।































प्रतिक्रिया