बलिउड गायिका नेहा कक्कडले ठमेलको एलओडी तताउने

बलिउड गायिका नेहा कक्कडले ठमेलको एलओडी तताउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् । जेठ २५ गते शनिवार ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आयोजित ‘नेहा कक्कड लाइभ’ मा उनले आफ्नो प्रस्तुति दिन लागेकी हुन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो ।

आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलद्वारा जारी विज्ञप्तीमा जनाईए अनुसार गायिका ‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिवार राती ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउनका लागि गायिका कक्कड जेठ २४ गते शुक्रवार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउने छिन् ।

कन्सर्टमा कक्कडको ब्याण्डका संगीतकर्मी तथा यसै सिजनको ईन्डियन आईडलका टप टेन प्रतिस्पर्धिहरु समेत कुल १८ जना संगीतकर्मीहरुको समुहले लाइभमा आफ्नो शानदार प्रस्तुती दिने आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलले जानकारी दिए । नेहा कक्कड लाइभमा नेपाली गायक–गायिकाहरुको पनि सहभागिता रहने छ ।

कन्सर्टका आयोजक दीपक घिमिरेका अनुसार कार्यक्रमका लागि अग्रिम बुकिङ प्रारम्भ भैसकेको छ । यसअघि दीपक घिमिरेले बलिउडका लोकप्रिय गायक कुमार सानुलाई नेपाल ल्याएर भव्य सांगीतिक कार्यक्रममार्फत प्रस्तुत गरिसकेको छ ।

को हुन् नेहा कक्कड ?
ईन्डियन आईडल सिजन–२ मार्फत प्रतिस्पर्धिको रुपमा सांगीतिक यात्रा प्रारम्भ गर्ने गायिका हुने नेहा कक्कड । उक्त प्रतियोगिताको सहभागितासँगै कक्कडको बलिउड यात्रा समेत प्रारम्भ भएको थियो । सांगीतिक परिवारमा हुर्किएकी कक्कडलेपछि ईन्डियन आईडल सिजन–१० मा निर्णायकको रुपमा समेत रहिन् । त्यसबाहेक उनले सारेगमपसहित विभिन्न सांगीतिक रियालिटी शोहरुमा निर्णायकको रुपमा सहभागिता जनाइसकेकी छिन् ।

सन् २००८ मै पहिलो एल्बम रक स्टार सार्वजनिक गरेकी नेहाले हालसम्म दर्जनौं लोकप्रिय गीतहरु गाइसकेकी छ्न् । उनका लोकप्रिय गीतहरुमा इस्मे तेरा घाटा, मिले हो तुम हमको, काला चस्मा, आँख मारे, कोकाकोला, नैना, गल्ली गल्ली, दिलवर दिलवर, सावान आया है, धटिङ नाच, लण्डन थुमक्डा, दो पेग मार, मैं तेरा ब्वाइफ्रेण्ड आदि छन् ।

Skip This
Skip This
Logo