काठमाडौं,
संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी सोमबार (आज) ९९ वर्ष पूरा भई सय वर्ष प्रवेश गर्दैछन् । यस अवसरमा सम्मान गर्दै आज ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने भएका छन् ।
महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै सम्पूर्ण शैक्षिक संस्था तथा सङ्घ संस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको जानकारी गराएका छन् ।
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न भएकाले सोमबार बिदा दिने तथा उनका नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जानकारी दिए ।
पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । गतवर्ष नै ललितपुर महानगरपालिकाले उनलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन दिँदै आएको थियो ।































प्रतिक्रिया