काठमाडौं । प्रहरीले म्युजिक नेपालका म्यानेजर उज्जवल थापालाई पक्राउ गरेको छ । प्रतिलिपि अधिकार सम्बन्धी उजुरी परेपछि म्यानेजर थापालाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको हो ।
उनलाई आइतबार दिउँसो पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
थापामाथि फिल्म ‘मखमली’को गीत चोरी गरेको आरोप लागेको छ । धनमाया सिलवाल (सावित्री) ले गीत चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। सिलवाल फिल्म मखमली–२ की निर्माता हुन्।





























प्रतिक्रिया