‘अमिर बम्जन परिचय अभियान’ को दोस्रो कार्यक्रम घोषणा

‘अमिर बम्जन परिचय अभियान’ को दोस्रो कार्यक्रम घोषणा

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिकामा रहेको थाहा कला केन्द्रले ‘अमिर बम्जन परिचय अभियान–२०७६’ अन्तर्गतको दोस्रोे कार्यक्रमको घोषणा गरेको छ ।

केन्द्रले आगामी जेठ ९ गते अमिरसँग साहित्यकारहरुको साहित्य वाचन तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । परिचय अभियानको दोस्रो कार्यक्रम अन्तर्गत साहित्य वाचन, बम्जनका चित्र प्रदर्शनी, सांगितिक प्रस्तुतिहरु, सम्मान कार्यक्रम, चर्चित गायिका तथा समाजसेवी रजनी लामाको रोइला गीतको म्युजिक भिडियो विमोचन, विभिन्न सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण संस्थाको वार्षिक उत्सवलगायतका कार्यक्रमहरु गर्न लागिएको कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले बताए ।

साहित्य वाचन कार्यक्रमका लागि थाहा नगरका लक्ष्मण बर्तौला, विर्खे अन्जान, राम बतौला (आँशु), रामकुमार बल, सुरेश कार्की (निषाद), हरिकृष्ण कार्की, राजाराम रायमाझी, अभिराज अन्जान, भद्रध्वज गौतम लगायतका उपस्थिति रहने भएको छ । त्यस्तै सस्थाले सांगितिक क्षेत्रबाट मकवानपुर जिल्लालाई चिनाउने क्तित्वहरुलाई सम्मान गरिने भएको छ ।

यसैबीच ‘कला संस्कृति देशको पहिचान, यसको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नारासहित स्थापित थाहा कला केन्द्रको पाँचौ वार्षिक उत्सव पनि आयोजना गरिने भएको छ । हरेक वर्ष हरेक नयाँ नयाँ अभियान सञ्चालन गर्दै आएको केन्द्रले यस वर्ष अमिर बम्जनका विभिन्न कलाहरुलाई प्रोत्साहन गर्ने जनाएको छ ।

२० बर्षिय अमिर बम्जन फरक क्षमता भएका गायक तथा चित्रकार हुन् ।

अमिरको बारेमा केन्द्रबिन्दुले तयार पारेको भिडियो सामाग्री

Skip This
Skip This
Logo