`आत्मामा´ गीतका चर्चित मोडल विश्व र नमिताको नयाँ गीत ‘कसरी भनुँ’ सार्वजनिक (भिडियाे)

`आत्मामा´ गीतका चर्चित मोडल विश्व र नमिताको नयाँ गीत ‘कसरी भनुँ’ सार्वजनिक (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

मोडलद्वय विश्व शर्मा र नमिता भुषाल फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आर. के खत्रीको शब्द, संगीत र स्वरमा सजिएको ‘कसरी भनुँ’ बोलको गीत सार्वजनिक भएको हो । यो गीतलाई रिकेश गुरुङले ऐरेन्ज गरेका हुन् ।

एउटा प्रेमीले व्यक्त गर्न नसकेको प्रेमको भाव समेटिएको प्रेमिल गीत निकै सुमधुर बनेको छ । विकि पुलामीको निर्देशन रहेको गीतको भिडियोमा कुन्चोक शेर्पाको छायांकन र सतिज श्रेष्ठको सम्पादन रहेको छ । म्युजिक भिडियोको आधा भन्दा बढि छायांकन अमेरिकामा गरिएको हो ।

अमेरिकामा बसोबास गर्दै आएका विश्व र नमिताले यसअघि पनि थुप्रै गीतहरुमा एकसाथ काम गरिसकेका छन् । यि दुईले अभिनय गरेको ‘आत्मामा’, ‘टुक्रेको मुटु’ लगायत म्युजिक भिडियो दर्शकमाझ निकै चर्चित छन् ।

Skip This
Skip This
Logo