काठमाडौं ।
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्व कीर्तिमानी गीत वाचा गरी को लिरिकल भिडियो बजारमा भएको छ । प्रस्तुत गीत केही समय अघि रिलिज भएको गीतकार उपाध्यायको एकल रचनाको एल्बम घरोहरबाट लिईएको हो । सागर अधिकारी ‘शरद’ को सङ्गीत र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको यस गीतमा सागर अधिकारी ‘शरद’ र सपना अधिकारीको स्वर छ ।
एक अर्काप्रतिको समर्पण भाव व्यक्त भएको गीतमा जुन विश्वाश र प्रेमले एक गराएको थियो त्यो विश्वाश र प्रेम अविरल अनि अटुट रहेका भावनाहरु व्यक्त भएका छन् । शब्दैपिच्छे फरक फरक आवाजमा रेकर्ड भएको यो विश्व कीर्तिमानी गीत सुरुदेखि अन्त्यसम्म नै एउटा शब्द मेल र अर्को शब्द फिमेल गरी रेकर्ड गरिएको छ । भिडियो गीतकार उपाध्यायको आफ्नै युट्युब च्यानल DR Music & Creations बाट सार्वजनिक गरिएको हो ।
गीतमार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भइसकेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित डा. उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका हुन् ।उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि मर्मस्पर्षि रहेका छन् । उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।
सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास कफी लभ पाठकमाझ आउने तयारीमा रहेको छ ।





























प्रतिक्रिया