काठमाडौं ।
चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट आफ्नो पहिचान बनाएका निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा ‘तिमीसँग मन साटें’ गीत सार्वजनिक भएको छ।
गीतमा रवी मल्लको शब्द, संगीत र दीक्षित पौडेलको अरेन्ज रहेको छ । गीतको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको अभिनय देख्न सकिन्छ ।
स्वर्णीम थापाको कोरियोग्राफी निर्देशन, पवन सुस्लिङको छायांकन र सम्पादनमा गीतको भिडियो निर्माण भएको हो । यसलाई श्याम कार्की ईन्टरटेनमेन्टले बजारमा ल्याएको छ ।































प्रतिक्रिया