काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडादशैँको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ ।
बडादशैँको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले ‘हामीलाई त बडादशैँ लाग्यो है’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।
‘हामीलाई त बडादशैँ लाग्यो है’ नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरूलाई क्रमश रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिका आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यही असोज १७ गतेदेखि कार्तिक २४ गतेसम्म सहभागी हुन सक्नेछन् । दशैँले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । सबैका लागि यो बडादशैँ रमाइलो रहोस् भन्ने कामनासहित यो मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो रचनात्मक प्रस्तुति देखाएर उपहार जित्नका लागि नेपाल लाइफ सबैलाई आह्वान गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडादशैँको पावन अवसरमा आयोजित प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । कम्पनीले सञ्चालनमा ल्याएको टिकटक प्रतियोगितामा सहभागिता जनाइ आफ्नो रचनात्मक प्रस्तुति गरी कम्पनीद्वारा निर्धारण गरिएको पुरस्कारबाट सम्मानित हुन उनले सबैमा आग्रह गरेका छन् । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू आयोजना गर्ने उनले बताए ।





























प्रतिक्रिया