1

0 Shares

शसस्त्र र संगीतका साधक- गैरे सुरेश (भिडियो अन्तर्वार्ता)

1
1
1

नेपाली संगीत क्षेत्रको प्रसिद्ध नाम हो गैरे सुरेश ।  सुरेशको नाम नसुन्ने नेपाली संगीत पारखी सायदै होलान्। गैरे नेपाली आधुनिक संगीतका धरोहर हुन् । ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ’ गजल सम्भवतः नेपाली आधुनिक संगीतको पछिल्लो समय निकै धेरै लोकप्रिय बनेको गजल हो।

यो गजल बजारसम्म पुग्न र हरेक दर्शकरश्रोताको मनसम्म कसरी पुग्न सफल भयो त रु २०६२ साल जतिबेला नेपालमा देशमा सशस्त्र युद्ध चलिरहेको थियो। सशस्त्र युद्धमा सशस्त्र प्रहरीका तत्कालीन प्रहरी निरीक्षक सुरेश गैरे पर्वतमा आफ्नो देशले दिएको जिम्मेवारी पूरा गर्न कार्यरत थिए।

सशस्त्र संघर्षमा बम, गोला, बारुदसँग लुकामारी खेल्नु त्यसबेलाको उनको दैनिकी थियो। त्यो दिनको सम्झनामा यो चर्चित गजलको सिर्जना भएको उनको भनाई छ । यो रमाइलो भेटमा उनले सांगीतिक र पारिवारीक रमाइला प्रसंगहरु साटेका छन । 

हरेक कुरामा संगीत

पेशा वा जागीरले संगीत सृजनामा असर गर्छ कि गर्दैन त्यो अध्ययनको बिषय हुन सक्ला तर जो आफ्नो पेशामा रमाउछ उसले आफ्नो पेशाका हरेक क्षण र हरेक कृयाकलाप हरुमा संगीत अनुभूत गर्न सक्छ । प्रहरीको परेडमा, प्रहरी दौडदा निस्केको बुटको आवाजमा समेत संगीत अनुभव गर्दछु मैले । अझै राष्ट्र सुरक्षाको जिम्मेवारी बोकेर कतै तैनाथ सिपाहीको त हरेक ढुकढुकीमा संगीत भरिएको हुन्छ ।

पारिवारिक संयोग 

म कृष्णहरि बराल सरसंग २०५८ देखि सम्पर्कमा छु । उहाँ संग मैले शुरुको एल्बम गरेको हो । अहिले उहाँ ससुरा बुबा हुनु भयो । म अहिले उहाँलाई ड्याडी भन्छु । सजिलो चाँहि मलाई सर भन्न लाग्छ किनभने पहिलाबाट नै त्यही भनिरहेको भयो । अठार उन्नाईस वर्षदेखि उहाँसंग छु । संगै मिलेर सांगीतिक कामहरु गर्दै गयौ । कृष्णहरि बराल सरको एउटा किताबको सबै गीत मलाई कण्ठ थियो । अहिले पनि त्यो गाउ भन्नुहुन्छ भने म गाइदिन्छु । उहाँकोमा गए अनि सर मैले संगीत गरेको छु भने । आनन्द कार्की सरको आवाज“ए गजल की धुन आऊँ”भन्ने गीत मैले गाए । हामी एक अर्कासंग यति नजिक भयौ कि कथाले अर्को मोड लियो । बीचमा मैले सर्भिस जोईन गरेँ त्यो पछि सरले अहिले किन युद्धको बेलामा विदेश जान लागेको संगीत र पढाईमा यति राम्रो हुनुहुन्छ । बरु यता लेक्चरको काम गर्न निजामतिमा जागिर खाउ, प्रहरीमा नजाउ भन्नुभयो ।

मैले चाँहि जोखिम लिएर पनि जानु पर्छ यस्तो अवस्थामा भने । मेरो अहिलेको श्रीमती त्यही थिईन । कुराकानी हुन्थ्यो स्विकृती हो उनको नाम । उनीसंग कुराकानी भईरहन्थ्यो । हामीले एक अर्कालाई मन पर्छ भनेर कहिले पनि भनेनौँ । उनको बोली व्यवहारबाट उनी मलाई रुचाउँछिन भन्ने मैले थाहा पाईसकेको थिए किनभने मेरो जस्तो सुकै सिर्जनालाई पनि उनले राम्रो छ भन्थिन । त्यो ग्रह मिलेको भन्छ नि त्यस्तै । मैले पनि आज बुबाले के भन्नुभयो त भनेर फोनमा सोध्ने गर्थे । तर मैले नराम्रो सोंचाईको साथमा सोधेको होईन किन भने त्यो घर मेरो लागि परिवार जस्तै थियो । त्यहीबीचमा म लाईबेरिया गए । त्यहाँ गएर आईसके पछि बीचमा हाम्रो फेसबुकमा कुराकानी भई रहन्थ्यो । उनको पनि घरमा विवाहको कुरा चलेछ । दिदीको बिहे भई सकेको थियो ।

प्रपोज नै गरेको त्यस्तो केही पनि होईन । तर मैले प्रसंङ्गबस म माग्न आऊ त लेखेँ । पहिला उनलाई त सोध्नु पर्यो । ऊनी अचम्म परिन । मन छ र अप्ठ्यारो छैन भने आउनु भनिन उनले पनि । विदेशबाट आएपछि म उनको घर गए र भने तपाई मेरो लागि संगीतको गडफादर नै हुनुहुन्छ । कृष्णाहरि बराल अहिलेको दिनमा नभएको भए गैरे सुरेश आजको दिनमा हुदैन्थ्यो । तर, अहिलेको कुरा अर्कै छ भने पछि उहाँ हाँस्नुभयो । सरहरु मेरो आफ्नो घर परिवार झै हुनुहुन्थ्यो । घरमा स्विकृतिको विवाहको कुरा चलेको रहेछ । मेरो पनि घरमा विवाहको कुरा चलेको छ । मिल्छ भने केटा मै हो घर हेर्न जानुहुन्छ भने पाल्पा जानुहोस । सहमति भने म विवाहको लागि तयार छु । मैले उनलाई रुचाउँछु उनले मलाई रुचाउँछिन कि नाई भन्ने कुरा उनैलाई सोध्नुहोस भने । त्यो मैले प्रश्न गरेपछि सर सरप्राईज हुनुभयो । उहाँले गीत माग्न आउनेले छोरी माग्न आयो भन्नुभयो होला । मलाई त्यो बेलामा अलिकति प्रेसर पनि थियो ।

कपाल र दाह्री काटेर फे्रस भएर म सूट पाईन्ट लगाएर घर गएको थिए । मेरो कुरा सुनेपछि स्विकृतिको बुबा ममी चकित हुनुभयो । कहाँ यस्तो हुन्छ भन्न थाल्नुभयो । मैले ममीलाई अहिलेलाई मैले कुरा मात्र पो राखेको हो त कहाँ अहिले नै लिएर जान्छु भनेको हो त । तपाईलाई मनपर्छ भने हुन्छ भन्नु कि के कुराले हुन्न भनेर मेरो चित्त बुझाउँनु कि त सबै कुरा राम्रो हुन्छ भनेर म तपाईको चित्त बुझाउँछु । दुई जनामा एउटाले त चित्त बुझाउँनुपर्यो नि । त्यो भनेपछि मेरो अहिलेको श्रीमती स्विकृतिलाई बोलाउनु भयो । त्यो पछि सुरेश जीले यस्तो भन्नु भएको छ, के हो तँ पनि रुचाउँछेस भनेर सोध्नु भयो । त्यो पछि हो भनेर ऊ गएपछि ममी एकछिन रिसाउनु भयो । तर, सरले भने कहिले गर्ने भन भन्नुभयो । मैले जेठमा माग्न आएको छु विवाहको लागि माघसम्म किन कुर्ने भने । पहिलो डेट जहिले छ त्यहीले गर्ने भनेर निधो भएपछि हाम्रो विवाह भएको हो । त्यसमा चाहि डेट जाने लव लेटर लेख्ने केही पनि भएन । मेरो नजरमा डा. कृष्ण हरि बराल नेपाली साहित्यिक र सांगीतिक जगतको बिराट व्यक्तित्व हुनुहुन्छ ।

नाममा भन्दा काममा पहिचान

त्यो बेलामा सुरेश अधिकारी, सुरेश प्रान्जली, सुरेश कुमार, सुरेश दर्पण पोखेल देखि लिएर धेरै जना सुरेशहरु बजारमा चल्नुभएको थियो । त्यो बेलामा भने नाम पछाडी टाईटल राख्ने ट्रेन्ड पनि चलेको थियो । सपनाश्री, आलोक श्री जस्तो चलन चलेको थियो । एक जना दिग्गज मान्छेले नै गैरे भएन सुरेश अरु नै केही राखौँ भन्नुभयो । त्यो पछि मैले यही नाम राखेको हो ।

म निम्न स्तरिय गाउँले परिबेशबाट आएको हो । मेरो दिमागमा सुरेश तेरो धरातल यो हो है भनेर घचघचाई रहन्थ्यो । गाउँबाट एउटा मान्छे राजधानी आउँदा जे जे मा अवसर देख्छ त्यसमा हात हाल्छ । मैले एस।एल।सी। दिएको एकाईस वर्ष भयो । त्यो बेलामा हरेक स्तरमा काम गर्न प्रयास गरिन्थ्यो । आफूले केही गर्नुपर्छ है भन्ने हुन्छ । अहिलेको बच्चाको दिमागमा आफ्नो धरातल र तिमी केही गर्न सक्छौ भनेर उत्प्रेरणा गर्न खोज्यौ भने उसको जिवनमा केही हुन्छ जस्तो लाग्छ । मलाई पनि त्यही कुराले आर्कषण गरेको हो । म पढाईमा पनि राम्रो थिए । कक्षामा प्रथम हुन्थेँ । म स्कुलमा पढाउँथे । एक दिन मेरो साथी राजेश थापाले हार्मोनियम बजाएको देखेर मैले उसलाई सिकाईदेऊ न भने । त्यो पछि मैले बिस्तारै संगीत सिक्न थालेँ । डोरेमी सङ्गीत पाठशालामा गएर गुरुसंग सङ्गीत सिकेँ । भानुभक्त ढकाल, ईश्वर अमात्य सरहरुले मलाई सङ्गीत सिकाउनु भएको हो । त्यो पछि म सङ्गीतमा लागेको हो ।

शिक्षण पेशामा बेग्लै सन्तुष्टी

काठमाडौँको नोबेल एकेडेमी जाने बाटोमा गाँउको दाई भेट हुनु भयो । उहाँले भाई किन गाउँ जाने यतै बस्नुपर्छ भनेर सिकाउनु भयो । यहाँ बसेपछि पैसा त पक्कै चाहियो । विज्ञापन खुल्यो पत्रिकामा । डिप्लोमा पास गरेको, दुई वर्षिय अनुभव भएको, पढाईमा राम्रो दख्खल भएको । त्यो पछि मैले त्यहाँ फोन गरेर मैले भर्खरै एस।एल।सी। दिएको हो । तर, म तपाईलाई अरुले भन्दा राम्रो पढाउन सक्छु भनेर विश्वास दिलाउन भने सक्छु किनभने म जिल्ला टपर हो । तपाईलाई ब्याचलर पास गरेको केटा नै चाहिएको हो भने म केही भन्न सक्दिन । तर, एक पटक मैले पढाएको कक्षा हेर्नु न त भनेर फोन गरेँ । छ सात कति जना थियौ । मैले कक्षा लिए ।

त्यो पछि म सेलेक्ट भए । त्यो बेलामा मेरो तलब अठार सय थियो । त्यहाँ पढाए, त्यसपछि मेरो एउटा मामालाई मेरो अब अनुभवि भयो अब मलाई राम्रो स्कुलमा पढाउनु मन छ भने । त्यो पछि मैले ताहचलको होली भिजन भन्ने स्कुलमा छ वर्ष पढाए । त्यहाँ पढाउँदै र पढ्दैँ जाने क्रममा मलाई म ब्याचलर कहिले सक्छु भन्ने भयो । मेरो रिजल्ट पुसमा आयो । त्यसमा म राम्रो संग पास भए । त्यति बेला नै सशस्त्र प्रहरीमा, निजामतीमा खुलेको थियो । जति ठाँउमा खुलेको थियो । त्यो सबै ठाँउमा फर्म भरेँ । यो कुरा लेखेर राख्नु होला । म छ महिनामा स्कुल छोड्छु । भनेर स्कुलमा भने । २०६० सालमा भरेँ २०६१ साल सशस्त्र प्रहरीमा नाम निस्कियो । पेशा जुनसुकै गरेपनि त्यो पेशा प्रति ईमान्दार हुन सक्नुपर्छ, शिक्षण पेशा र प्रहरी सामाजीक नजरबाट हेर्दा निकै फरक बिषय लाग्छन तर मानवताको आँखा बाट हेर्दा दुवै पेशा अति नै जिम्मेवारीका काम हुन । अहिले शान्ति मिशन अन्तर्गत नेपाल को प्रतिनिधित्व गर्न पाउदा गौरवान्वित अनुभव गर्छु । यदि म शिक्षक नै भएको भएपनि मैले मेरो काम प्रति गौरब नै गर्थें ।

धरातल कहिल्यै बिर्सिनु हुन्न

कलेज पढाउँदा पनि म सङ्गीतमा निरन्तर थिए । मैले शक्ति बल्लभ ज्यूको छोरालाई ट्युसन पढाएको छु । त्यो बेलामा होम ट्युसन पढाएको धेरै पैसा पाईन्थ्यो । अहिलेको पुस्तालाई धेरै कुरामा सजिलो छ । हरेक बुबा आमाले आफ्नो छोरा छोरीलाई सामान्य विद्यालयबाट रातो बङ्गलामा हालिदिन थाल्नु भएको छ । महगो स्कुलमा हाल्ने त भयो तर, संस्कार र प्रवृति नहाल्ने भयो । उसलाई आफ्नो दुखहरु भन्नु पर्यो । तेरो परिवार यसरी आएको हो, तेरो साथीहरुको अरु होला तर तेरो हैसियत यो हो है भनेर भन्नु पर्यो ।

आफ्नो पनि धरातल कहिल्यै बिर्सिनु हुन्न । अहिले म सन्तुष्ट छु, डिग्री गरेँ काम पनि गरिरहेको छु । आफूमा खुबी र गर्न सक्ने क्षमता छ भने काम गर्ने अवसर यहाँ पनि छ । घुम्ने र रमाईलो काम गर्नु पर्छ तर हैसियत भने बिर्सिनु हुन्न । हामीले आफूले गरेको काममा शिर उचा राख्न सक्नुपर्छ । विध्वंश गर्न निकै सजिलो छ । तर, त्यसलाई राम्रो बनाउन निकै समस्या लाग्छ । स्कुलको मास्टरहरुले विद्यार्थीलाई तिमीले गर्न सक्छौ भनेर भन्नुपर्छ ।

प्रस्तुती: दुर्गा पंगेनी

प्रकाशित: ८ मंसिर २०७५ १२:१५ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी