वेवारिसे र चेपुवामा छन् राणाकालिन शालिकहरु (फोटो फिचर)

 वेवारिसे र चेपुवामा छन् राणाकालिन शालिकहरु (फोटो फिचर)

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । राणाकालिन समयलाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा कमैले संझने गर्दछन् । युरेपेली शैलीमा निर्माण गरीएको कलात्मक शालिक राणाकालिन समयलाई संझना गर्ने एउटा माध्यम हो । राणाकालिन समयलाई संझाउने यी शालिकहरु अहिले संरक्षणको पर्खाइमा छन् । काठमाडौंको टुँडिखेलको चारै दिशा एवम विभिन्न स्थानमा रहेका राणाकालिन समय स्मरण गराउने प्रधानमन्त्रीका शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् । शालिक छेउछाउ भौतिक संरचनाहरुको निर्माणले चेपुवामा समेत परेका छन् । कलात्मक रुपमा निर्माण गरिएका यी शालिकहरु राणाकालिन समयलाई सम्झने एउटा माध्यम हुन् । 

तर संरक्षणका लागि राज्यको ध्यान पुग्न नसक्दा अहिले पनि शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणादेखि रणोद्विप राणा, वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर हुँदै कमाण्डर इन चिफ धीरशमशेरसम्मका शालिक संरक्षणविहीन भएका हुन् ।

Logo