गैर आवासीय नेपाली संघ अस्ट्रेलिया (एनआरएनए) ले आयोजना गरेको 'नेपाल फेस्टिबल सिड्नी' आलोचित बनेपछि आयोजकले माफी मागेको छ। "/>

एनआरएन अष्ट्रेलियाले माग्यो माफी, के भन्छन् गायक समिर ? (भिडियोसहित)

एनआरएन अष्ट्रेलियाले माग्यो माफी, के भन्छन् गायक समिर ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया (एनआरएनए) ले आयोजना गरेको ‘नेपाल फेस्टिबल सिड्नी’ आलोचित बनेपछि आयोजकले माफी मागेको छ। 

चौतर्फी बिरोध भएपछि आयोजकले बिज्ञप्ति प्रकाशन गर्दै माफी मागेको हो। ‘एक जनाको कलाकारको प्रस्तुति धेरै नेपालीको भावना विपरित भएको जन गुनासो आएकोमा हामी दु:खी छौ।’ बिज्ञप्तिमा भनिएको छ। आयोजकले उक्त प्रस्तुति प्रस्तुत गर्ने कुनै योजना नभएको भन्दै नेपालको संबिधान विपरित कुनै पनि कार्य नगर्ने प्रतिबद्दता जनाएको छ।  

कार्यक्रममा गायक समिर आचार्यले गाएको एउटा गीतका कारण फेस्टिबल आलोचित बनेको हो। उनले ‘हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ, कहिल्यै नझुक्ने शिर ठाडो पार्ने स्वाभिमानी नेपाली हुन्छ’ यो बोलको गीत गाएका थिए। गीतमा ‘राजारानी’ भन्ने समावेश भएपछि विवाद उत्पन्न भएको थियो ।

गणतन्त्र नेपालमा राजा अहिले छैनन् तर हाम्रो इतिहास त राजा नै हो नि भन्ने अभिप्रायले यो गीत गाइएको गायक आचार्यले स्पष्ट पारेका थिए । गायक आचार्यले भने, ‘यसमा विवाद उत्पन्न गराउनु पर्ने कुनै कारण नै छैन, मेरो लागी नेपाल एउटै हो, नेपाली एउटै हो । मेरो कुनै प्रस्तुतीले कसैलाई समस्या भएको छ भने म माफी माग्छु तर यो पनि हामीले बुझ्नु पर्छ कि इतिहास कहिले पनि झुटो हुँदैन । र यसैको आडमा देशको भविष्य बनाउन सकिन्छ ।’

अस्ट्रेलियामा आएका नेपालीहरुलाई आफ्नै देशमा भएको महसुस गराउन र बिदेशीहरुलाई आफ्नो देशको सम्पदाहरु देखाएर नेपालमा आकर्षित गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको थियो।

 

 

 

 

 

 

 

राजाको गीत गाएर यसरी लफडामा फसे पिचरोड गायक समिर आचार्य ( भिडियो सहित )

Skip This
Skip This
Logo