बलिउड अभिनेत्री आलिया भट्टले २०१२ मा फिल्म ‘स्टुडेन्ट अफ द ऐयर’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उनले ‘स्टुडेन्ट अफ द ऐयर’, डियर जिन्दगी, शानदार, कपूर एण्ड सन्स, बद्रीनाथकी दुलहन लगायतका फिल्महरुमा अभिनय गरेकी छन् । "/>

आलिया भट्ट सानै उमेरमा परिन भारतीय प्रभावशाली व्यतिको सूचीमा

आलिया भट्ट सानै उमेरमा परिन भारतीय प्रभावशाली व्यतिको सूचीमा

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री आलिया भट्टले २०१२ मा फिल्म ‘स्टुडेन्ट अफ द ऐयर’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उनले ‘स्टुडेन्ट अफ द ऐयर’, डियर जिन्दगी, शानदार, कपूर एण्ड सन्स, बद्रीनाथकी दुलहन लगायतका फिल्महरुमा अभिनय गरेकी छन् । उनी छोटो समयमा नै दर्शक माझ निकै लोकप्रिय बनिन् ।

आलिया सबैभन्दा सानो उमेरकी भारतीय १० प्रभावशाली व्यतित्वको सुचीमा पर्न सफल भएकी छिन् । यो सूचीमा परेका मध्ये आलिया भट्ट सबै भन्दा सानो उमेरकी पहिलो भारतीय महिला हुन् । यूगव इफलयुएन्सर इन्डेक्स २०१८ ले गरेको एक रिसर्चले यो कुरा पत्ता लगाएको हो ।

यो सूची कुनै क्षेत्रमा कोही व्यक्तिले पारेको प्रभावका आधारमा तयार पारिएको हुन्छ । उक्त सूचीमा फिल्म इन्ड्रस्टी र क्रिकेट क्षेत्रका मानिसको पनि नाम समावेश गरिएको छ । जसमा आलिया भने ९ नम्बरमा छिन् ।

सूचीमा समावेश गरिए अनुसार बलिउडका बिग बि अमिताभ बच्चन पहिलो नम्बरमा छन् भने दोस्रोमा दीपिका पादुकोण, तेस्रोमा महेन्द्र सिंह धोनी, चौथोमा सचिन तेन्दुलकर, पाँचौंमा अक्षय कुमार, छैटौंमा विराट कोली, सातौंमा आमिर खान, आठौंमा शाहरुख खान, नवौंमा आलिया भट्ट र दशौंमा प्रियंका चोपडा परेकी छन् ।

 

 

Logo