अभिनेत्री युना उप्रेती आमा बनेकी छन् । नोभेम्बर २१ मा उनले एक छोरीलाई जन्म दिएकी हुन् । युनाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र केहि फोटो सार्वजनिक गर्दै यो कुराको खुलासा गरेकी हुन् । "/>

आमा बनिन् युना उप्रेती, राखिन छोरीको नाम साईरा

आमा बनिन् युना उप्रेती, राखिन छोरीको नाम साईरा

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री युना उप्रेती आमा बनेकी छन् । नोभेम्बर २१ मा उनले एक छोरीलाई जन्म दिएकी हुन् । युनाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र केहि फोटो सार्वजनिक गर्दै यो कुराको खुलासा गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘नयाँ सदस्य हाम्रो परिवारमा आएकोले निकै खुसी छौं । हाम्रो छोरी साईराले नोभेम्बर २१ मा जन्म लिएकी हुन् । हामी धन्य छौं । थ्यांक यु युनिभर्स फर दिस ब्लेसिङ ।’ उनको छोरीको साईरा नाम राखिएको छ ।

युनाले विकास अधिकारीसँग विवाह गरेकी हुन् । हाल उनी पतिसँग अमेरिकामा बस्दै आएकी छिन् । उनले नेपाली चलचित्र ‘पर्खि बसे’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन् । युनाले लगभग २४ वटा नेपाली चलचित्रहरुमा अभिनय गरिसकेकी छन् ।

Logo