एजेन्सी । अक्षय कुमार र रजनीकान्त स्टार फिल्म ‘२.०’ प्रर्दशनको तयारीमा रहेको छ । २ं.० यो वर्षकै बहुप्रतिक्षत र महंगो फिल्म हो । "/>

फिल्म ‘२.०’ मा ऐश्वर्य राय गेष्ट रोलमा

फिल्म ‘२.०’ मा ऐश्वर्य राय गेष्ट रोलमा

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । अक्षय कुमार र रजनीकान्त स्टार फिल्म ‘२.०’ प्रर्दशनको तयारीमा रहेको छ । २ं.० यो वर्षकै बहुप्रतिक्षत र महंगो फिल्म हो । २.० सन् २०१० मा प्रर्दशन भएको फिल्म ‘रोवोट’ को सिक्वेल हो ।

अहिले यो फिल्मलाई लिएर नयाँ खुलासा गरिएको छ । यस फिल्ममा अभिनेत्री ऐश्वर्य राय पनि छोटो भूमिकामा देखिने बताइएको छ । ट्रेलर र पोष्टरमा भने उनी अटाएकी छैनन् ।

२०१० मा प्रर्दशन भएको फिल्म रोबटमा ऐश्वर्य र रजनीकान्त लिड रोलमा देखिएका थिए भने अहिले २ं.० मा ऐश्वर्य गेष्ट रोलमा मात्र देखिने बताइएको छ । अक्षय कुमारले यो फिल्मबाट पहिलो पटक भिलेनको भूमिका निभाएका छन् ।

एस शंकर निर्देशित फिल्म २.० मा अक्षय कुमार, रजनीकान्त, एमी ज्याक्सनको लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । २.० यहि नोभेम्बर २९ देखि प्रर्दशन हुँदैछ ।

 

 

 

 

Logo