गायिका मेलिना राईको आवाजमा ‘कस्तो होला मन’ सार्वजनिक (भिडियोसहित)

गायिका मेलिना राईको आवाजमा ‘कस्तो होला मन’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विराटनगर आसपास बसेर नाटक आदिमा अभिनय र प्रशिक्षण गराउँदै आएका कलाकार सुदिपजंग कार्कीको अभिनय रहेको गीत ‘कस्तो होला मन’ सार्वजनिक भएको छ । गीतमा मेलिना राईको आवाज रहेको छ ।

नेपालको पूर्वीभेगमा ‘राष्ट्रिय गीत’ झैँ मानक बनाएको ‘पूर्वै रमाइलो’ गीतका गायक गौरभ दर्पणले मेलिना राईको स्वरमा ‘कस्तो होला मन’ गीतको भिडियो ट्युन एण्ड टोन युट्युबमार्फत् ल्याएका हुन् ।

गीतको स्थायीले भन्छ, ‘नभेटेको बर्षौँ दिन भइसक्यो, फूलको थुङ्गा ओइलेर गैसक्यो, पर्खौं कति झन्, भेटौँ नि नलाग्ने कस्तो होला मन ?’ । बालापनको प्रेममा बाधक बनेको उमेर, हुर्किएपछि आउने यावत परिवर्तनलाई गीतको भिडियोले सम्बोधन गर्नेछ ।

कृष्ण उदासीले लेखेको गीतका शब्दलाई गायक दर्पणले नै सङ्गीत दिएका हुन् । सुदिपजंग कार्की, सदीक्षा सुवेदीले अभिनय गरेका छन् । बिनम्र भट्टराई र कौसिन कार्कीले बालापनको अभिनय गरेका छन् । दिनेश पराजुलीले खिचेको दृष्यलाई विकास धमलाले सम्पादन गरेका छन् । भिडियो :

 

Skip This
Skip This
Logo