काठमाडौं ।
आइतबार गीतकार विनिता खनालको विवाह सम्बन्धी गीति एल्बम ‘लगनगाँठो’ मा समावेश ५ वटा म्युजिक भिडियो सार्वजनिक गरियो । नेपाली हिन्दु संस्कार अनुसार विवाह उत्सवमा गरिने विभिन्न महत्वपूर्ण कर्महरूलाई आधार बनाएर तयार सार्वजनिक गीतका भिडियोलाई निर्देशक सुब्रत आचार्यले तयार गरेका हुन् ।
किरण कँणेलको संगीतमा तयार पाँच गीतको भिडियोमा कलाकारहरू रेस्मा घिमिरे, गरिमा शर्मा, बिजु पार्की, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वान लगायतको अभिनय रहको छ । गीतको भिडियो आइतबार बाट क्रमशः ५ दिनसम्म सार्वजनिक गरिनेछ ।
सोही म्युजिक भिडियोका निर्देशक अचार्य तथा कलाकारद्वय रेस्मा र गरिमासँग भिडियोको सुटिङ अनुभव तथा समसामयिक विषयमा रहेर केन्द्रविन्दुका लागि मनोज न्यौपानेले गर्नुभएको रमाइलो कुराकानी, हेरौं यो भिडियोमा :





























प्रतिक्रिया