काठमाडौं ।
गायिकाद्वय रुपा विष्ट तथा रेणु विष्टलाई पितृशोक परेको छ । उनीहरुका बुवा नानबहादुर विष्टको शनिबार बुटबलमा निधन भएको हो ।
लामो समयदेखि मृगौला रोगबाट पीडित विष्ट उनी ८५ वर्षका थिए । शनिबार मृगौलाको डाइलालिस गराउने क्रममा असफल भएपछि उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
लामो समयदेखि सुगर तथा प्रेसरको समस्याबाट समेत पीडित विष्टका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।































प्रतिक्रिया