काठमाडौं ।
गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ।
आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश् वैदेशिक रोजगारका लागि विदेशिनु पर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई, बुझाइ गरि आफ्नो मनमा पीडा बोकेर हिँड्नु परेको कथा, व्यथा समेटेर तयार पारिएको गीतमा मुना मदनको कथाको झझल्को आउँछ।
गायक स्वयं शिवराजकै रचना तथा संगीत रहेको गीतमा संगीत संयोजन गीतार मञ्जिल विक्रम केसीको रहेको छ भने कलाकारहरु सन्दीप श्रेष्ठ र अनु थापा मगरले अभिनय गरेका छन् ।
गीतको छायांकन ज्ञान चौलागाईंले गरेका हुन् भने भिडियो निर्देशन तथा सम्पादन नवीन भट्टको रहेको छ । यसलाई फोरक्युव इन्टरटेन्मेन्ट्बाट निर्माण गरिएको हो।
गीतको भिडियोलाई डिएआर मुभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियो :





























प्रतिक्रिया