भाइरल हुनकै लागि गायिका प्रितीको विवादीत शीर्षक ‘ओहो माल’ (भिडियो)

भाइरल हुनकै लागि गायिका प्रितीको विवादीत शीर्षक ‘ओहो माल’ (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय कन्ट्रोभर्सी र गायिका प्रिती आले एक अर्काका परिपूरक नै बनिसकेका छन् । लोकगीतलाई मोर्डन शैलीमा गाउन खप्पिस प्रितीका हरेक गीतहरु कन्ट्रोभर्सीमा परिरहेकै हुन्छन् । दर्शक श्रोताहरुबाट गाली र ताली बराबरी मात्रामा पाईरहने प्रितीले फेरि एकपटक ओहो माल नामक विवादित शीर्षकमा नयाँ गीत सार्वजनिक गरेकी छिन् । गीतमा प्रितीले आफ्नी मितिनी प्रिती घर्तीलाई फिचर गराएकी छिन् । विज्ञान चकलेटको शब्द रहेको गीतलाई ईरोज लामाले एरेन्ज गरेका छन् । भिडियोलाई बलकुमार मगरले खिचेका हुन् भने सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।

पछिल्लो समय भाइरल र कन्ट्रोभर्सीले भरिएका भिडियोहरु मात्र ट्रेन्टिङमा आउने गरेका छन् । र प्रिती पनि त्यही ट्रेन्डलाई पछ्याउँदै आफ्नो गीतको शीर्षक कन्ट्रोभर्सीयल राखेको स्वीर्काछिन् ।

उनी भन्छिन् – मानिसहरु राम्रो भन्दा नराम्रो कुराप्रति बढी आकर्षित हुन्छन् । ओहो माल भन्ने शीर्षक मैले कन्ट्रोभर्सीकै लागि राखेकी हुँ । यसले गर्दा मानिसहरु यस भिडियोलाई नराम्रो रुपमा लिएर एकपटक भएपनि हेर्न बाध्य हुन्छन् । नराम्रै तरिकाबाट भएपनि यस गीतले दिन खोजेको सन्देश धेरै जनमानसकोमा पुर्‍याउन सकिनेछ भन्ने विश्वास लिएकी छु । हेर्नुहोस् भिडियो :

Logo